तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो ।
येशू (जसलाई ख्रीष्ट पनि भनिन्छ जसको अर्थ राजा वा मसिह हुन्छ ) उहाँ इस्राएलमा २००० वर्ष अघि जन्मनु भएको थियो । तपाईले यस ’bout अझ जानकारी लिन बाइबलको पुस्तक लुकामा हेर्न सक्नु हुनेछ ।
पहिलो ३० वर्षसम्म उहाँ येशूले परम्परागत यहुदी जीवन शैलीमा बिताउनु भयो, सिकर्मीको रुपमा काम गर्नु भयो। यस समयमा सारा इस्राएल रोमी साम्राज्य सम्राट कैसरको अधिनमा थियो साथै बेतलेहेम पनि, जहाँ येशू जन्मनु भयो, र नासरत जहाँ उहाँ हुर्कनु भएको थियो ।
उहाँको तीस वर्षको हुदाँ, येशूले सर्वजनिक रुपमा शिक्षा दिनु शुरु गर्नु भयो र उहाँले आश्चर्यकर्महरु गर्नु भएको थाहा गर्न सक्छौ , यद्यपी उहाँले आफ्नो जन्म स्थानबाट २०० माइल भन्दा टाढाको यात्रा गर्नु भएको थिएन् । त्यसपछिको ३ वर्षको समय अवधिमा, उहाँको चर्चा सारा इलाका भरि फैलिदै गयो । रोमी अधिकारीहरु, रोमीद्धारा इस्राएलमा राखिएको उच्च अधिकारीहरु र यहुदीको अगुवाहरुले ( धार्मिक सभाको ) उहाँले गर्नु भएको कार्यहरुलाई हेरि रहेको थिए ।
येशूको सन्देशमा समावेश भएको मुख्य शिक्षाहरु ः
परमेश्वरले तपाईलाई प्रेम गर्नु हुन्छ र उहाँ तपाईसँग हुनुहुन्छ ।
एक अर्कालाई प्रेम गर्नु ।
एकले अर्कालाई आदर सम्मान गर्नु पर्छ ।
सुसमाचार ः परमेश्वरको राज्य पृथ्वीमा आएको छ ।
स्वर्ग र नगरमा हुने न्यायको वास्तविकता बताउनु ।
परमेश्वरले आफ्नो पाप क्षमा माग्ने सबैलाई क्षमा दिनु हुन्छ ।
येशूले गर्नु भएका कार्यमा धेरै पटक विवाद हुने कार्य चाहिं उहाँले आफैलाई परमेश्वर भनेर घोषणा गर्नु भएको कार्य हो, जसले यहुदीहरुको व्यवस्थाको लागि प्रत्यक्ष असर पर्ने कुरा थियो । त्यसकारण धार्मिक गुरुहरुले रोमी सरकारलाई येशूलाई त्यस ठाँउबाट निकालियोस भनेर अनुरोध गरेका थिए । तर केही रोमी सरकारका प्रान्तका मानिसहरुले अनुसन्धान गर्दा उनीहरु ( रोमी सरकार ) को विरुध कुनै अपराधको काम ’emले पत्ता लगाए । यद्यपी यहुदीहरुले येशूले आफैलाई परमेश्वर भनेर घोषणा गर्नु भएता पनि उहाँले यहुदी व्यवस्थालाई पुर्ण रुपमा पालना गर्नु भएको थाहा थियो ।अझै पनि धार्मिक अगुवाहरुले राजनैतिक रुपमा विवाद गरि रहेका थिए , पिलातस जो एक इस्राएलको दक्षिणी भागको रोमी उपनिवेशका अधिकारी थिए तिनीद्धारा येशूलाई दोष लागाई त्यस ठाँउबाट बाहिर निकालने योजना गर्दै थिए ।थप यस ’bout जानकारीको लागि येशूको जीवनीलाई अध्यायन गर्न सक्नु हुनेछ