परमेश्वर परिवर्तनशिल हुनुहुन्न, नता उहाँका व्यवस्थाहरु । के एक स्वार्थी अपवित्र मानिस परमेश्वरको उपस्थितिमा रहन सक्छ ? सिद्धताले असिद्धतालाई सहन सक्दैन । जस्तै एक थोपा विषले एक गिलास पुरै पानीलाई विशूद्ध पार्छ । उहाँ आफैमा सिद्ध हुनुभएकोले, परमेश्वरले ’emलाई सजाय दिनैपर्छ जसले गलत निर्णय लिन्छ । यदि अनाज्ञाकारीताको सजाय मृत्यु रहेछ भने के त ? एउटा गलत निर्णय अनि तपाई बाहिर ।
परमेश्वर प्रतिकोे बेवास्था र इन्कारले जीवनपछि परिणाम स्वरुप अनन्तको मृत्यु ल्याउन सक्छ, परमेश्वर बिनाको डरलाग्दो भविष्य । अब के त, यदि कोही मानिस पुरै पवित्र छ र जसको सिद्धता हाम्रो सृष्टिकर्ता परमेश्वर जति नै छ भने ? के त यदी त्यो मानिस हामी र परमेश्वरबीचको मध्यस्तकर्ता हुनुहुन्छ भने ? यस्तो व्यक्ति जसले तपाईका सबै गल्तीहरु र हुन आउने गल्तीहरु पनि एकै पटकमा क्षमा गर्नुहुन्छ ।
कस्तो मानिसले चाहि यस्तो काम गर्न सक्ला ? साधारण असिद्ध मानिसमा यस्तो क्षमता हुदैन । त्यसकारण, यी केही आवश्यक शक्ति र गुण भएको सिद्ध प्रकारको सृष्टि हुनुपर्छ । यी मानिस जसमा शक्ति र ती काम गर्ने क्षमता भएको यस्तो प्रकारको हुनुपर्छ । कोही सिद्ध । अरु कुनै मानिसले यस्तो दया देखाउन सक्दैन । एक पटक या दुई पटक दया देखाउन सक्ला, त्यसपछि ऊ आफ्नै काममा व्यस्त भईहाल्छ । यसले कुचक्र उत्पन्न गराउन सक्छ ।
तपाईको रोजाई के हुनेछ ?
मान्नुहोस, तपाई र परमेश्वर बीच वास्तवमै एक सिद्ध मानिस, मध्यस्थकर्ता र सम्बन्ध पुर्नस्थापना गर्ने व्यक्तित्व हुनुहुन्छ, जसले हामीले हाम्रो जीवनमा गरेको सबै गल्तीहरुको मुल्य तिरीदिनुहुन्छ । कोही यस्तो जसले तपाईको निम्ति यस्तो ठुलो काम गर्नुभयो जुन काम तपाई कहिले पनि बिर्सन सक्नुहुन्न ।
के यो सबैभन्दा बढी मुल्य दिएर चुकाउन सकिन्न, आफ्नो प्राण तपाईको निम्ति बलिदान दिएर ?
यदि परमेश्वरले साँच्चिनै तपाईले आफैले आफ्नो जीवनमा असिद्धता र गलत छनोटले ल्याएको समस्याहरु समाधान गर्न कोहि यस्तो मानिस पठाउनु भएको रहेछ भने के त ? कसैले आफ्नो जीवन दिएर तपाईलाको पुर्ण क्षमाको लागि मुल्य चुकाउनु भएको छ ?
अब यहाँ एउटा ठूलो कदम छ ः यस्तो केहि जसमा तपाई विश्वास गर्न पनि सक्नुहुन्छ की सक्नुहुदैन । तपाईसँग छनोटको स्वतन्त्रता छ त्यसकारणले मान्नुस् या नमान्नुस् यो तपाईमा भर पर्छ ।
तपाईको समस्याको सामाधानको लागि परमेश्वरले एउटा मध्यस्थकर्ता र सम्बन्ध मिलाउने व्यक्तित्व पठाउनुभयो । परमेश्वरले आफ्नो एकमात्र पुत्र येशूख्रिष्टलाई यस संसारमा तपाईको समस्याकोसामधानको लागि पठाउनुभयो । येशू सिद्ध मानिस हुनुहुन्छ कुनै पनि खोट र त्रृटि रहित हुनुहुन्छ । जे भएपनि यहाँले यस पृथ्वीमा आफ्नो जीवनकालभरी एउटै प्रकारको चुनौतीहरुको सामना गर्नुभयो जुन अहिले हामीसँग छ । येशूले आफ्नो प्रेम क्रूसमा प्राण त्यागी एकदमै उच्च मूल्य तिरेर देखाउनु भयो । तपाईको निम्ति उहाँले आफ्नो रगत बगाउनुभयो । तपाईको जीवनको अहिलेसम्म गर्नुभएका र हुन आउने सबै गल्तीको क्षमाको मुल्य उहाँकै जीवन भयो ।
येशू तीन दिनसम्म मृत रहनु भयो , अनि उहाँ मृत्यूभन्दा पनि शक्तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो ः उहाँ मृत्यूबाट जीवित हुनुभयो ।
के यो महान मुल्य होइन जुन उहाँले चुकाउनुभयो, यी सबै तपाई र सृष्टिकर्ताको सम्बन्ध अनन्तका लागि पुर्ननिर्माण गर्नको लागि गर्नभयो ।
सबै भन्दा राम्रो प्रस्ताव
सबैभन्दा उच्च मूल्य चाहि परमेश्वरले चुकाउनुभयो ः उहाँले आफ्नो एकमात्र पूत्र तपाईको निम्ति बलिदान गर्नुभयो । उहाँले बदलामा एउटै कुरा माग्नुहुन्छ की येशू खी्रष्टलाई आफ्नो पापको उद्धारकर्ता र आफ्नो जीवनको मालिक भनी विश्वास गर्नु ।
यदि तपाई यो विश्वास र ग्रहण गर्नुहुन्छ भने, तपाई आफ्नो सृष्टिकर्ताको योजनाको भाग बन्न सक्नुहुन्छ । तपाईको भविष्य तपाईले कल्पना नै नगरेको भन्दा असल हुनेछ ।
तपाईलाई यो सबै नयाँ कुरा हुनसक्छ । यदि तपाईलाई येशू ख्रीष्टको ’boutमा अझै जान्न मन छ भने यी लिंकहरुमा हेर्नसक्नुहुन्छ ।
येशूको जीवन येशू
परमेश्वरको पूत्र
दन ६ मा सोच्नुपर्ने प्रश्नहरु ः
के तपाईलाई थाहा भयो, कि हामी परमेश्वरसम्मको सिद्धतामा कहिल्यै पुग्न सक्दैनौ ?
के तपाईलाई थाहा छ कि परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ ?
के तपाई विश्वास गर्नुहुन्छ कि परमेश्वरले हाम्रो पाप क्षमाको लागि आफ्नो पूत्र येशूलाई यस पृथ्वीमा पठाउनुभयो ? कृपया भोलि फेरी आउन नभुल्नुहोला ।